सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी हुँदै
काठमान्डाैं । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ ।
दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन हजार ५४ वटा भौतिक संरचना निर्माण भएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।माओवादी द्वन्द्व शुरु हुनुअघि ४८÷५० हजारको सङ्ख्यामा रहेको नेपाली सेनाको सङ्गठन १२ वर्षे द्वन्द्वको अवधिमा दोब्बर तुल्याइएको थियो । अहिले नेपाली सेनाको जनशक्ति ९६ हजारको हाराहारीमा छ ।
पहिले सानो आकारको सङ्गठन भएकै अवस्थामा पनि भौतिक पूर्वाधारको अभाव खेपिरहेको राष्ट्रिय सेनाले तत्कालीन परिस्थितिजन्य कारणले जनशक्ति ह्वात्तै बढाएसँगै सकल दर्जा न्यूनतम मानवीय सेवाबाट समेत वञ्चित हुन पुगेका थिए ।तत्कालीन द्वन्द्वरत माओवादीका लडाकूले सुविधा सम्पन्न र व्यवस्थित स्थल खोजिरहेका बेला राष्ट्रिय सेना बासका लागि भाग्दै आएको दुर्गतिपूर्ण अवस्था अन्त्यका लागि राज्य व्यवस्था समितिको निर्देशनमा सरकारले ‘बङ्कर टु ब्यारेक’को अवधारणा स्वीकृत गरेको थियो ।
उक्त समितिले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायत जिल्लास्थित सैनिक ब्यारेक निरीक्षणका क्रममा कतिपय स्थानमा सेनाका जबानले रात काट्न समेत पहरा फोरेर बङ्करमा बस्न परेको फेला पारेको थियो । आवासका लागि बनाइएका कतिपय बङ्कर वर्षामा पानी जमेर पोखरीमा परिणत भएकाले समितिले २४ घण्टै सेवारत राष्ट्रिय सेनालाई समयानुकूल उपयुक्त बासस्थानको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको तत्कालीन समितिका सचिव मुकुन्द शर्मा बताएका छन् ।
त्यसबेला ठूलो सङ्ख्याका सैनिक जवानले बङ्करलाई आश्रयस्थाल बनाउनुपर्ने बाध्यात्मक अवस्था थियो । सरकारले लामो छलफल र बहसपछि २०६८÷६९ बाट सेनाका ब्यारेकसहित पाँच हजार ८५० अन्य भौतिक संरचना निर्माण गरी ‘बङ्कर टु ब्यारेक’ सम्बन्धी १० वर्षे रणनीतिक अवधारणा अघि बढाएको थियो ।
उक्त कार्यक्रम अन्तर्गत यसवर्ष १६९ संरचना निर्माणका लागि बजेट विनियोजन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत बङ्कर अत्याधुनिक ब्यारेकमा स्तरोन्नति भएका स्थानका सैनिक जवानले एक निन्द्रा नयाँ खाटमा ढुक्कसँग निदाउन पाएका छन् भने बनेको नयाँ संरचनाबाट सजिलैसँग दैनिक काम गर्ने वातावरण बनेको छ ।एउटा सैनिकका ब्यारेकभित्र आवास, भन्साघर, शौचालय, स्नान घर, सञ्चारस्थल, फायरिङ रेञ्च, तालीम कक्ष, अभ्यास इलाका, खेल मैदान, अतिथि भवनजस्ता संरचना हुनु आवश्यक मानिन्छ ।
सेनाले विनियोजित रकमको आधारमा त्यस्ता स्थानको प्राथमिकता तय गरी बासस्थान, भन्साघर, शौचालय, स्नान घरलगयत संरचना निर्माण गर्दै आएको छ । बाँकी रहेका दुई हजार ७६५ संरचना आर्थिक वर्र्ष २०७८÷७९ मा पूरा गरिनेछ ।सैनिक मुख्यालयमा रहेको भौतिक पूर्वाधार निर्माण समितिको विभिन्न पल्टनले उपलब्ध गराएको विवरण र तथ्याङ्कका आधारमा लक्ष्य तोकेर निर्माण अघि बढाउन स्वीकृति दिँदै आएको छ ।
राष्ट्र एवं जनताको हित र सुरक्षाको मुख्य जिम्मेवारीमा रहेको नेपाली सेनालाई मुलुकको तागतका रुपमा हेरिने गरिन्छ । सैनिक जवानको मनोवल उच्च राख्ने सन्दर्भमा सेनाको नेतृत्वले जिम्मेवारीका साथ बङ्करबाट ब्यारेक कार्यक्रम कार्यन्वयनमा जोड दिँदै आएको छ । एक सेवा निवृत्त उपरथीभन्छन् ,“घरमूलीलाई जस्तो पीर र चिन्ता अरु कसलाई हुन्छ र ?”
नेपाली सेनाले व्यावसायिक, अनुशासित र आदेशपालन गर्ने कर्तव्यनिष्ठ सैनिकका रुपमा विश्वमै ख्याति कमाएको छ । विश्वशान्ति स्थापना कार्यमा नेपाली सेनाले ‘शान्ति पीस च्याम्पियनसीप’को छवि बनाइसकेको छ । प्रत्येक सकल दर्जालाई एउटा हतियार र विश्रामका लागि एउटा खाट दिन सकियोस् भन्ने मान्यताका साथ अघि बढाइएको उक्त कार्यक्रमले आगामी तीन वर्षभित्रै मूर्तरुप लिने भएकोे छ ।
Comments
अरु समाचार
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...