मङ्सिर २ गते शंखधर दिवस, लखुतीर्थमा सभा
काठमाडौँ । नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी)का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ ।
साथै, नेपाल संवत आन्दोलनका प्रणेता, आदिवासी जनजाति आन्दोलनका अगुवा, वरिष्ठ मानवअधिकारवादी नेता दिवङ्गत पद्मरत्न तुलाधरको श्रद्धाञ्जलि सभा कार्यक्रम गर्ने तथा न्हूदँ नयाँ वर्षको उपलक्ष्यमा पुस्तक प्रदर्शनीका साथ सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्ने निर्णय समितिको आज बसेको बैठकले गरेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारबाट नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनको सम्झनामा प्रत्येक वर्ष कछलाथ्व दशमीका दिनलाई शंखधर दिवसको रुपमा मनाइँदै आइएको छ ।
समारोह समितिले शंखधर दिवस यस वर्ष भव्य रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा मङ्सिर २ गते दशमीका दिन बिहान ७ बजे सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि आह्वान गरेको छ । ¥याली बसन्तपुरबाट प्याफल, नरदेवी, त्यंगः, थाय्मदु, असन, बालकुमारी, जनबहाः, वंघः हुँदै मरु–काष्ठमण्डप, चिकंमुगल, लगन, ब्रम्हत्वाः, वन्दे, ह्यूमत, क्वहिति, भीमसेनस्थान हुँदै लखुतीर्थमा पुगेर शंखधर साख्वाःको तस्वीरमा माल्यार्पण र सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
सांस्कृतिक ¥यालीसहित आयोजना हुने शंखधर दिवस भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिलाई आइतबारको बैठकले जिम्मेवारी तोकिदिएको छ ।
यस्तै, समारोह समितिको बैठकले नेपाल संवत आन्दोलनका प्रणेता बहुआयामिक व्यक्ति दिवङ्गत पद्मरत्नको १३ दिनको पुण्यतिथिमा कात्तिक ३० गते बिहान बसन्तपुरमा श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएको छ । समितिले श्रद्धाञ्जलि सभाका निम्ति कात्तिक २६ गते सोमबार विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुलाई बैठकमा डाकेको छ ।
नेपाल संवत नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित सङ्ग्रह, पुस्तक, सिडी–डिभिडीका साथै नेपालभाषाका विभिन्न पुस्तकको प्रदर्शन, खाना स्टलदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । ती कार्यक्रम आउँदो मङ्सिर ८ गते शनिबार काठमाडौँको थँहितिमा दिनभर गरिने समारोह समितिले जानकारी दिएको छ ।
गत कात्तिक १८ गते नेपाल संवत आन्दोलनका प्रणेता पद्मरत्न दिवङ्गत हुनुभएकाले कात्तिक २२ गतेको भिंतुना ¥याली तथा भिंतुना सभा स्थगन गरिएको थियो । रासस
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...