मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
पर्सा । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गर्नुभएको छ ।
मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्र समेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले उनको जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताउनुभयो ।
नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायिक जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...