विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुग्दा…
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो ।
लामो समयदेखि बिरामी रहनुभएका उहाँले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिनुभयो । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।’ साउदले रासससित भन्नुभयो–‘यो त सेनाको पुण्य काम हो ।’
नेपाली सेनाको सिंहशार्दुल गुल्मले मङ्गलबार पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाहरूले गाउँमै उपचार पाएपछि खुसी व्यक्त गरेका छन् ।
कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयबासीहरूले निकै समस्या भोग्नु परेको स्थानीय सित्त भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका– १ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भइरहे पनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन ।
‘अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हँुदै भारतसम्म जानुपर्ने बाध्यता छ ।’ बण्डका स्थानीय प्रभाकर भण्डारीले भन्नुभयो–‘दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन ।’ बस्तीमा स्वास्थ्य संस्थाहरू नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ ।
‘यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।’ स्थानीय भीमदत्त भट्टले भन्नुभयो–‘गाउँमै पुगेर दीनदुखीलाई मलम लगाउने सेनाको जयजयकार ।’ २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयहरूले पनि गाउँमा पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् ।
यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्ध÷वद्धाहरू बढी सङ्ख्यामा थिए ।
जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनहरूमा पनि सैनिक÷नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ ।
स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरूमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिनुभयो ।
बिरामीहरूको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी हुनुहुन्थ्यो । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । रासस
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख २२ गते शनिवार
मेष व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आजको राशिफलः २०८१ वैशाख २१ गते शुक्रवार
मेष: नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...