महिला हिंसाबारे निःशुल्क हेल्पलाइन ‘११४५’ को प्रभावकारिता बढ्दो
काठमाडौँ । राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको छ ।
हेल्पलाइन शुरु भएदेखि यो एक वर्षको अवधिमा करीब ५० हजार फोन आएको छ । २०७४ मङ्सिर २५ देखि सञ्चालनमा आएको सो हल्पलाइनमार्फत अहिलेसम्म एक हजार ८४ वटा महिला हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । करीब ५०० मिसकल मात्रै छन् ।
त्यसैगरी ११५ लाई अर्को सम्बन्धित निकायमा जानका लागि सूचना प्रदान गरिएको छ । १६४ लाई हेल्पलाइनबाट सिधै सम्बन्धित प्रहरीसँग कुराकानी गराइएको छ । आएको फोनमध्ये करीब छ हजार ३७७ लाई आयोगले विषय वस्तुसँग सम्बन्धित सूचना दिने गरेको कार्यक्रम व्यवस्थापक पलिता थापाले जानकारी दिनुभयो । धेरै फोन त सोधपुछका लागि पनि आउने गरेको छ ।
पहिलेको तुलनामा हेल्पलाइन शुरु गरिसकेपछि महिला हिंसाका घटना बढेसँगै उजुरीको सङ्ख्या पनि बढ्दै गएको हुँदा यसको प्रभावकारिता पनि बढ्दै गएको व्यवस्थापक थापाको भनाइ छ । हेल्पलाइन सूचना लिने र दिने माध्यम बनेको छ । “२४ सै घण्टा खुला हुने भएकाले उजुरी गर्न सजिलो भएको छ, त्यसैले उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ”, व्यवस्थापक थापाले भन्नुभयो ।
हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ मा महिला हिंसा, सामाजिक कुरीतिबाट पीडित भएको, महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट वञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जोसुकैले खबर गर्न सकिनेछ ।
हिंसामा परेको व्यक्ति स्वयम्, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथामसम्बन्धी काम गर्ने सङ्घ संस्था र अन्य जुनसुकै व्यक्तिले ‘खबर गरौँ ११४५’ (हेल्पलाइन) को प्रयोग गर्न सकिन्छ । यो सेवाअन्तर्गत हिंसाबाट प्रभावित महिला र बालिकालाई राहत दिनका लागि हिंसामा परेमा निज व्यक्ति वा परिवारलाई टेलिफोनमार्फत परामर्श, सहयोग, सल्लाह वा सुझाव दिने गरिन्छ ।
त्यसैगरी अति हिंसामा परेका महिला तथा किशोरीका लागि सुरक्षित बास, कानूनी परामर्श तथा उपचार सेवा, १८ वर्षमुनिका प्रभावितलाई विशेष सेवा, मनोसामाजिक परामर्श सेवा र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेछ ।
हेल्पलाइनमा आएका उजुरीको मुद्दा व्यवस्थापन प्रणालीमा दर्ता भएपछि प्रारम्भिक छानबिनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृतिअनुसारका आवश्यक सेवा दिइने छ ।
आयोगमा हाल हिंसामा परेका महिलाले उजुरी दर्ता गर्न मौखिक वा लिखित उजुरी दिन सकिने कानूनी व्यवस्था भए पनि स्वयम् आफैँ उपस्थित हुनुपर्ने व्यवस्था थियो तर अहिले आफैँ वा अरूले समेत टेलिफोन, मोबाइल, एसएमएस वा अनलाइन जुनसुकै विधिबाट उजुरी दिन पाउने व्यवस्थाले पीडितलाई उजुरी दर्ता गर्न सजिलो भएको छ ।
सन् २०१४ मा विश्व बैङ्कले गरेको एक अध्ययनअनुसार आफ्नो जीवनसाथीबाट गरिने हिंसा व्यापक रहेका १५ देशमध्येमा नेपाल १४ औँ स्थानमा रहेको छ । त्यसैगरी नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्वेक्षण, सन् २०१६ ले ६६ प्रतिशत महिलाले कुनै किसिमको शारीरिक वा यौनिक हिंसा सहन्छन् ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












