सरकारी सुविधाबाट वञ्चित हुँदै मुटुरोगी
काठमान्डौँ । उपचारका लागि भेरी अञ्चल अस्पतालमा आएका मुटुका बिरामी राज्यले दिने सेवाबाट वञ्चित भएका छन् । सरकारले कार्डियोलोजी विभागलाई सूचीकृत गर्न ढिलाइ गरेका कारण साविक मध्य तथा सुदूरपश्चिमाञ्चलका सयौँ मुटुरोगी सरकारी सेवाबाट वञ्चित भएका हुन् ।
मुटुरोगका बिरामीलाई रु एक लाखसम्मको उपचारमा सहयोग गर्ने नीति राज्यको छ तर संस्था सूचीकृत नहुँदा उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने मुटुरोगका बिरामीले उक्त सेवा पाउन नसकेको अस्पतालले जनाएको छ ।
संस्था सूचीकृतका लागि भेरी अञ्चल अस्पतालले तीन महिनाअघि स्वास्थ्य मन्त्रालयमा रहेको सामाजिक सेवा तथा नर्सिङ महाशाखामा पत्र पठाए पनि अहिलेसम्म दर्ता नभएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेन्ट वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले बताएका छन ।
मुटुरोगको उपचारका लागि क्याथल्याब सञ्चालन ढिलो गरी सञ्चालनमा आएकाले सरकारले रकम विनियोजनमा ढिलाइ भएको उनले बताएका छन। ‘‘सूचीकृत भएको भए मुटुरोगका बिरामीले सहजरुपमा उपचार पाउने थिए । सूचीकृत नहुँदा राज्यले दिएको सुविधाबाट सर्वसाधारण वञ्चित भएका छन्,’’ उनले भने ।ू
सरकारी ढिलासुस्तीका कारण भेरी अञ्चल अस्पतालले बिरामीलाई सुविधा दिन नसकेपछि बिरामी काठमाडौँ र भारतका महङ्गा अस्पतालमा उपचार गराउन बाध्य भएका छन् । मुटुरोगले थलिएका गरीब परिवारका बिरामी शल्क्रिया गराउन नसकेर थलिएको अस्पतालका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताएका छन।
उनले काठमाडौँका निजी अस्पताल र भेरी अञ्चल अस्पतालले सूचीकृतका लागि एकैसाथ निवेदन दिएको बताएका छन । ‘सँगै निवेदन दिएका निजी अस्पताल सूचीकृत भइसके तर पश्चिम नेपालका बिरामीलाई सेवा दिने भेरी अस्पतालले अझैँ पाउन सकेन,’ उनले भने, “भेरी अञ्चल अस्पतालमाथि पक्षपात भएको छ ।”
‘‘काठमाडौँस्थित गङ्गालाल अस्पतालले डेढ लाख पर्ने शल्यक्रिया भेरी अञ्चल अस्पतालले रु ७० हजारमा गर्दै आएको छ’’ डा अधिकारीले भने । उहाँले भेरी अञ्चल अस्पतालमा उपचार गराउन आउनेमध्ये प्रायजसो गरीब हुने गरेको बताए ।
‘हुने खाने सिधै काठमाडौँ र भारतका महङ्गा अस्पताल जान्छन्, उपचारका लागि यहाँ आउने प्रायःजसो गरीब र निमुखा मात्र हुन्छन्,’ डा अधिकारीले भने । उनले सस्तोमा शल्यक्रिया गराउन समेत बिरामीले नसकेको बताए। शल्यक्रिया र मुटुमा लाग्ने उपकरण महङ्गो पर्ने भएकाले उपचारमा धेरै खर्च लाग्ने गरेको डा अधिकारीको भनाइ छ ।
अन्य रोगभन्दा धेरै जटिल र संवेदनशील भएकाले उपचार जटिल हुने उनले बताए । ‘‘सरकारी सुविधा पाएको भए उपचारमा बिरामीलाई केही राहत मिल्ने थियो,’’ उनले भने, “मुटुरोगको उपचारमा भेरी अस्पतालले उच्च प्रविधिसहित सेवा दिन थालेको छ ।”
जनरल कार्डियोलोजी, बहिरङ्ग सेवा, इनडोर, हृदयाघात उपचार, इकोकार्डियोग्राफी, इनसर्टिभ कार्डियोलोजी सेवा भेरी अस्पतालले दिँदै आएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । भेरी अस्पतालले उच्च प्रविधिसहितको क्याथल्याबसमेत सञ्चालनमा ल्याएको छ ।
भेरी अस्पतालमा दैनिक सरदर ३० जना मुटुरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । टाढा टाढाका बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । आर्थिकरुपले सम्पन्न व्यक्तिहरु राजधानीलगायत विदेशमा समेत उपचारका लागि जाने गरेपनि सर्वसाधारण व्यक्तिका लागि यस भेरी अञ्चल अस्पतालले आधारभूत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका–६ नौ...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...