ललितपुर महानगरका मेयर महर्जनको दाबी : ‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ (भिडियोसहित)
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे ।
उनले भने,‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं।’
साक्षात्कारमा मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावि घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने,‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८÷२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं।’
मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे ।
उनले भने,‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तिव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए ।
नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भने,‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’
उक्त ‘स्मार्ट लाईट’ बाट बाटोको साईज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने उनको भनाई छ । त्यस्तै ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो तिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भैसकेको उनले जनाए ।
महर्जनले बर्षौदेखि मान्न छोडिएका नाँचहरुसमेतलाई अहिले पुनः सूचारु गरिएको बताए । उनले भने,‘विगत कयौं वर्षदेखि हाम्रोमा नवदुर्गा नाँचको व्यवस्था टुटेको थियो । चल्न सकेको थिएन । हामीले गत वर्षमा त्यो नाँचलाई अथक प्रयासबाट सुचारु गर्यौं । २४ वर्षदेखि रोकिएको खड्गे जात्रालाई अहिले हामीले पूनः सूचारु गरेका छौं ।’
संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलाषिता अपनायो नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ, स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएका छौं, मलाई र मेरो नेतृत्वमा रहेको महानगरको स्थानीय सरकारलाई यस्तो आरोपले छुँदैन, हामी विलाषिताभन्दा टाढा छौं ।’
महानगरकै विकास र केही व्यक्तिगत रुपमा आफूले विभिन्न ७ देशको भम्रण गरेको स्वीकार गर्दै मेयर महर्जनले भने,‘श्रीलङ्का ‘सिटी–नेट’ परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ ।’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाईदा नै पुगेको उनको दाबी छ ।
https://www.youtube.com/watch?v=eFfXapXJ1ek
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...