राष्ट्र बहस–२०७५ प्रतियोगिता सम्पन्न
काठमाडौँ । डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र बहस–२०७५ प्रतियोगिता सम्पन्न भएको छ ।काठमाडौँको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २ सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्त प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे र सविश्र कडेलको टिम अतिरञ्जिलले हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ता ऋषव सापकोटा र सर्वोत्कृष्ठ निर्णायक मिलन विश्वकर्मा घोषित भएका छन् । साइम कलेजको सह–आयोजना र ३२ टोलि वहसकर्ताको सहभागिता रहेको उक्त प्रतियोगिताको मुख्य निर्णायक प्यानलमा डिवेट नेटवर्क नेपालको सञ्चालक सदश्य तथा प्रवन्ध निर्देशक निश्मा गौतम र डिवेट नेटवर्क नेपालका सञ्चालक सदश्य विपुल पाण्डे रहेका थिए ।
नेपालमा नेपाली भाषाको संसदिय पद्धतिमा बहस हुनुले भविष्यमा उत्कृष्ठ राजनीतिज्ञ जन्माउन मद्दत पुग्नेमा आफू विश्वसत रहेको डिवेट नेटवर्क नेपालका अध्यक्ष राज खरेल बताए ।
सेन्जेभियर कलेजबाट सामाजिक कार्य बिषयमा स्नातक सकेका खरेल नेपालमा यूवाहरुले राजनितिलाइ मन नपराउनुमा बहसको संस्कार नहुनु पनि मुख्य कारक रहेकोले यस्ता फरक प्रकारका बहस प्रतियोगीताले युवाहरूको राजनिति प्रतिको घट्दो विश्वासलाई हटाउन बहसको संस्कार संस्थागत हुनुपर्ने भनाई राखे ।
प्रतियोगिताका संयोजक रहेका पदम रेग्मीले नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा डिवेट नेटवर्क नेपालले संसदिय पद्दतिमा विभिन्न किसिमका वहस कार्यक्रमहरू आयोजना गराउँदै आएको बताए । डिवेट नेटवर्क नेपालले सन् २०१४ देखि नेपालमा संसदिय पद्दतिमा बहस गराउँदै आइरहेको छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...