ताजा समाचार

‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’

काठमाडौँ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताएका छन । उउनले भने, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् ।

उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ ।” उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको बताएका छन । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले जानकारी दिए । उनले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org