ताजा समाचार

निर्मलाका बुबाले प्रहरीको बन्दुक खोसेपछि… (हेर्नुहोस भिडियो)

काठमाडौँ । चार महिना भयो कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्याय माग्दै हिंडेको । तर उनीहरूले छोरीका हत्यारा कारवाही भएको देख्न पाएनन्।कतिसम्म कहालिलाग्दो अवस्था आएको छ भने, निर्मलाका बुबा यज्ञराज पन्तले मानसिक सन्तुलन नै गुमाएका छन्।

बुबा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनले सडकमा अस्वाभाविक हर्कतहरू गरेका दृश्य यो भिडियोमा देखिन्छ। न्यायका लागि धर्नमा बसेका बेलामा पनि उनी बर्बराउने, नाराबाजी गर्ने र बेलाबेलामा जोसिने अनि रूने गर्दै आएका छन्।सरकारसँग न्याय माग्दामाग्दै थाकेका निर्मलाका पिताको कहालिलाग्दो यो अवस्था देख्दा कसको मन थामिएला ? कतिसम्म भने निर्मलाका बुबा यज्ञराजले सुरक्षाकर्मीको हातबाट बन्दुक खोस्ने प्रयास समेत गरेका छन्।

भिडियो हेर्नुस्

https://www.youtube.com/watch?time_continue=68&v=U9MGlg94nSk

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org