ताजा समाचार

विद्यालय भवन निर्माणमा विदेशी लगानी

लमही । दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ ।

भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माण कार्यको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधानअध्यापक रामसुरत यादवले जानकारी दिनुभयो । “विदेशी कामदार खटिनुभएको छ” उहाँले भन्नुभयो, “बीस दिनमै चारकोठे भवन निर्माणको ढलान सकिएको छ ।” ढलान गरेको करीब १०÷१५ दिन भइसकेको भन्दै अब २० दिनमा सबै काम पूरा हुने उहाँको भनाइ छ । कात्तिकको पहिलो सातादेखि निर्माणको काम शुरु भएको हो । कम्प्युटर कक्ष, सूचना प्रविधि कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापनका लागि भवन निर्माण हुनलागेको प्रअ यादवले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको तर भवन जीर्ण हुँदा समस्या भएको भन्दै विदेशी लगानीकर्तासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । “विद्यार्थीको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो, “तर भवन जीर्ण हुँदा पठनपाठनमा समस्या थियो, त्यसैले भवन निर्माणमा विदेशी लगानी पनि भित्र्याएका हौँ ।” प्रअ यादवका अनुसार अहिले विद्यालयमा जम्मा एक हजार ६०० विद्यार्थी अध्ययनरत् छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने तथा प्रविधिमैत्री विद्यालय बन्ने समेत उहाँले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org