ट्रम्प दम्पत्ती दिवंगत बुसको अन्तिम संस्कारमा सहभागी हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले दिवंगत पूर्वअमेरिकी राष्ट्रपति जर्ज एचडब्लू बुसप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुसको पार्थिव शरीर एयरपोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तीले त्यही पुगेर दिवंगत बुसप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
बुस परिवार र ट्रम्पबीच विगतमा द्वन्द्व थियो । यद्यपि, ट्रम्प श्रद्धाञ्जलीका लागि क्यापिटोलमा पुगेका छन् । र, बुधबार हुने बुसको अन्तिम संस्कारमा समेत सहभागी हुँदैछन् ।
रोटुंडामा बुधबार औपचारिक समारोह हुँदैछ । जसमा सर्वसाधारणलाई पनि सहभागी गराइँदैछ ।
अमेरिकी पूर्वराष्ट्रपति बुसको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको शवलाई बुधबार पत्नी बारबरा गाडिएकै टेक्सासस्थित घरमा समाधिस्थ गरिने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...