चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु
लहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् ।
व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनैले आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको मृतकका आफन्तले बताए ।
अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुलाई शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै शल्यक्रियापछि बच्चा निकाल्न सफल भएका थिए ।
बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन शुरु गरे पनि विस्तारै÷विस्तारै सञ्जुको अवस्था झन्झन् नाजुक बन्दै जान थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याउन लाग्दा बाटेमै उनको मृत्यु भइसकेको आफन्तले बताए ।
मृतकका आफन्तले होहल्ला सहित प्रदर्शन गर्न थालेकाले उक्त हेल्थ केयरको सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
अवैधरूपले ल्याइएका समानसहित एक पक्राउ
प्रहरीले सिरहाको विभिन्न स्थानबाट अवैधरूपले ल्याइएका करीब डेढ लाख मूल्य बराबरको समानसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको खानेतेल, भुजिया, सुर्ति, दूधको पाउडरलगायत करीब रु एक लाख मूल्य बराबरको समान बरामद गरेको हो ।
यस्तै अस्थाथी प्रहरी पोष्ट कशहाबाट खटिएको टोलीले रजनी गन्धा, राजनिवासलगायत क्षेत्रबाट अवैध रूपमा ल्याउँदै गरेको करीब रु ५० हजार मूल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा एक थान मोटरसाइकलसहित सिरहा नगरपालिका–१५ दुर्गापुर निवासी ३६ वर्षीय अशेश्वर सिंह महतोलाई पक्राउ गरिएको थियो । बरामद समानसहित पक्राउ परेका महतोलाई कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने जनाइएको छ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...