सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर र झोला वितरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक नगरपालिकामा रहेक दुइवटा विद्यायललाई कम्प्युटर र झोला वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त नगरपालिकामा रहेको बाल विनायक आधारभूत विद्यालयलाई एक थान कम्प्युटर दिएको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो ।
साथै बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले सूर्यविनायकमा रहेको अर्को विद्यालय श्री बाल चेतन आधारभूत विद्यालयका प्रधानाध्यापक राम शरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन । बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना...
-
राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति
काठमाडौं । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु...
-
आज प्रधानमन्त्रीद्वारा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण ‘सबस्टेशन’को उद्घाटन हुँदै
काठमाडौं । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले...
-
सडक बनेको १८ वर्षपछि स्तरोन्नति
काठमाडौ । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण...
-
सरकार नयाँ चरणको आर्थिक सुधारको बाटोमा छ: अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । उनले...
-
जलविद्युत् समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो
काठमाडौं । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज...
-
सञ्चार मन्त्रालयले बजेटमा समेट्नुपर्ने विषयबारे विज्ञसमक्ष सुझाव संकलन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे विज्ञसमक्ष सुझाव संकलन गरेको...
-
नीति तथा कार्यक्रम र बजेटमा नव प्रवर्द्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवर्द्धन कोष स्थापना गर्ने घोषणा...
-
नेप्से परिसूचक ओरालो लाग्यो
काठमाडौंं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से...