ताजा समाचार

सरकार नयाँ चरणको आर्थिक सुधारको बाटोमा छ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । उनले तीन खम्बे अर्थनीति अनुसार नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।

राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए । अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे ।

सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org