ताजा समाचार

बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद्ः प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।

“प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ”, उनले भने, “करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का राखिएको र त्यसले नाङ्गो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।”

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआए उहाँले स्पष्ट पार्नुभयो । सबैला नगरपालिकाले भने प्राधिकरणको लापर्बाहीले घटना भएको आरोप लगाएको छ ।
कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । घाइते छ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org