विधि प्रक्रियाअनुसार नै चिकित्सा विधेयक: नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उनले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्दछ भने ।
नेता नेपालले भने, “केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ । अहिल्यै हतास हुनुपर्ने अवस्था छैन । चरणबद्ध आन्दोलनको बाटोमा नलागौँ ।” सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा प्रतिपक्षको पनि रचनात्मक भूमिका हुनुपर्ने उनको भनाइ थियो ।
आफ्नो पार्टीको तल्लो तहसम्मको एकीकरण प्रक्रियामा ढिलाइ हुँदा कठिनाइ भएको पनि उल्लेख गर्दै नेता नेपालले भने, “निश्चित मापदण्ड, विधि र प्रक्रियानुसार एकता गरिनुपर्दछ । नभए सामूहिक नेतृत्वमा चल्ने कम्युनिष्ट पार्टीमा अराजकता हुन्छ ।”
पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारितभएसँगै चिकित्सा क्षेत्रमा सुधार हुने बताए ।
अनशनरत डा. गोविन्द केसीले पनि राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने उनको भनाइ थियो । पार्टी एकता र वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनुपर्नेमा आफूहरूमा एकमत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...