स्ववियुको निर्वाचन सारौँ : महामन्त्री डा. कोइराला
रतपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् ।
महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् ।
“नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौँ”, महामन्त्री कोइरालाले भने”– त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौँ ।” यही महीना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसङ्घको विवाद टुङ्गाउने उनले बताए ।
अर्को प्रसङ्गमा महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरे पनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए ।
पार्टीको क्रियाशील सदस्यता वितरण गर्न काङ्ग्रेस गाउँगाउँमा जाने महामन्त्री कोइरालाले बताउनुभयो । चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी काङ्ग्रेसले काम गर्ने उनको जिकिर छ । “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले भने “पार्टी सभापतिको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...