सन्दिपको तीन विकेटसँगै टिम मेलवर्न स्टार्स सुपर फोरमा
काठमाडौं ।
नेपाली क्रिकेटर सन्दिप लामिछानेको उत्कृष्ट ब्याटिङसँगै टिम मेलवर्न स्टार्स सुपर फोरमा पुगेको छ । मेलवर्नले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।
उनले पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।
आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् । १४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए । उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने ।
टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४ रनमा समेटियो ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...