यति एयरको विमान चिप्लिएर दुर्घटना हुँदा तीन जना घाइते (घाइतेको नामसहित)
काठमाडौं । त्रिभुवन विमानस्थलमा यति यअरलाइन्सको विमान चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित सवार ६९ यात्रुमध्ये तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कृष्ण प्रसाद काफ्ले, उमा मगर र विमलादेवी भण्डारी रहेका छन् । अस्पताल स्रोतका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको अहिले अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।
कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट विमान चिप्लिएको हो ।
उनीहरुलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ भने उद्धार कार्य भइरहेकाले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान अवतरणहरु बन्द रहेका छन् । भने, अहिले ४ वटा विमान आकासमै होल्ड गराइएको छ ।
तर, यति एयरलाइन्सले भने सवै यात्रु सुरक्षित रहेको जनाएको छ । रनवेमा विमान चिप्लिदा चालक दलका सदस्य तथा यात्रुहरुलाई कुनै चेटपटक नलागेको र सबै सुरक्षित रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...