ताजा समाचार

सम्बन्धित बैंकबाट कारोबार गर्ने गरि एटीएम संचालनमा !

काठमाडाैं ।ह्याकरको आक्रमनमा परेपछि केहि समयका लागि बन्द भएका एटीएमहरु संचालनमा आएका छन्  ।

एटीएम संचालनमा आएपनि सम्बन्धित बैंकको एटीएमबाट मात्रै पैसा निकाल्न सकिने हधिकारीहरुले जनाएका छन् ।

एटीएम सर्भर ह्याक भएपछि बैंकका एटीएमहरु डाउन भएका थिए । ह्याक भएको सुचना पाए लगत्तै एटीएम सर्भर प्रोप्राइटर संस्था नेप्सेले सुुरक्षाका लागि बन्दै एटीएम सेवा अवरुद्ध पारेको थियो ।

बैंकहरुले सेवा सुरुचारु गर्न अनुरोध गरेपछि प्रायः बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको हो। केहीले आफ्नो आन्तरिक सिस्टम समीक्षा गरिरहेका छन्।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार आफ्नो बैंकको मात्रै एटीएम कार्ड सुचारु गर्ने गरि एटीएम सिस्टम सुरु गरिएको हो।

बैंकको एटीएम ह्याक भएको सम्बन्धमा अहिले राष्ट्रबैंक र बैंकहरुबीच छलफल भइरहेको छ भने, दरबारमार्गमा एटीएमबाट पैसा चोर्दै गरेका पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org