ताजा समाचार

अबको मुख्यसचिव को ?

काठमाडाैं । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिन लाग्दै गर्दा संभावित पात्रबारे चर्चा हुन थालेको छ ।

रेग्मी अनिवार्य अवकास हुने मिति नजिकिएसँगै मुख्यसचिव बन्ने पात्रको चर्चा सुरु भएको हो ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली प्रेम राईलाई मुख्यसचिव बनाउने मनस्थितिमा थिए । यही मनस्थितिका कारण उनले लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गर्न चाहेका थिए । तर उमेरका कारण राई तीन वर्ष पूरै मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका छन् । यद्यपि, राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने सम्भावना छ ।

राई पछाडिको दोस्रो वरीयताका वरिष्ठ सचिवमा केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा, महेश दाहाल र शंकर बैरागी छन् । राईसहितका चारजनाले अवकास पाएपछि मुख्यसचिव रेग्मीलाई बीचैमा कुनै आकर्षक पदमा नियुक्त गरेर पद खाली गराइएमा अधिकारी, सापकोटा र बैरागीमध्ये एक मुख्यसचिव हुनेछन् ।

तर, रेग्मीलाई तीनवर्षे कार्यकाल पूरा नहुँदै बिदा गरिएन भने यी चार जनाको पनि मुख्यसचिव हुने ढोका बन्द हुनेछ । रेग्मी तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकास हुँदा सचिव चन्द्रकुमार घिमिरे सबैभन्दा वरिष्ठका नाताले निजामती प्रशासनको नेतृत्वको स्वभाविक दाबेदार हुने जनाइएको छ । उनी ०७२ माघमा सचिव बढुवा भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org