वुहानबाट फर्किएकाहरु भन्छन्- ‘क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था सोचेभन्दा राम्रो’
काठमाडाैँ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।
‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’
यस्तै वुहानबाट फर्किएका अर्का चिकित्सा शिक्षाका विद्यार्थी डा. सुदीप राउतका अनुसार सरकारले वुहानदेखि नै राम्रो व्यवस्था गरेको थियो।
‘हामीलाई विमानस्थलसम्म पनि निकै राम्रोसँग लगियो। त्यसपछि विमानको यात्रा पनि निकै सुविधाजनक थियो,’ उनले भने, ‘विमानमा दिइएको खानाले नै हामीलाई निकै खुसी लागेको थियो। किनभने त्यो पूर्णरुपमा स्वास्थ्यको ख्यालगरेर, राम्रो हिसाबकिताब भएको लन्चबक्स थियो।’
स्वदेश फर्कन पाउँदा अहिले सबै नेपालीहरु निकै हर्षित छन्। त्यसमाथि पनि सरकारले गरेको व्यवस्थाले उनीहरुको मन रमाएको छ।
‘हामीले गर्न नसक्ने त होइन रैछौं नि त,’ डा. सबिर श्रेष्ठले भने, ‘अलि अगाडि नै यो सबै भइदिएको भए झनै राम्रो हुन्थ्यो। ढिलै भए पनि देश फर्कन पाइयो। यति राम्रो व्यवस्था गरेर राखेको छ। भित्रैबाट खुसी लागेको छ।’
उनको अनुसार केही दिनयता हुबेइको लकडाउनलाई झनै सशक्तरुपमा लागू गर्न थालिएकोले सबैजना त्रसित थिए। ‘पछिल्लो समय कोठाबाट बाहिर पनि निस्कन नदिने नीति लिएको छ,’ उनले भने, ‘अब त सामान पनि अनलाइन नै अर्डर गर्नुपर्ने नियम लागू हुनसक्नेसुनिएको थियो। जे भए पनि आफ्नोदेश आइपुगियो, त्यसैमा खुसी छौं।’
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...