होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरीको नियन्त्रणमा
काठमाडाैँ । उपत्यकाका विभिन्न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ।
त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले आफ्नो मातहत रहेका स्थानबाट कोही पनि पक्राउ नपरेको बताए। त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ । गत वर्षको तुलनामा यस पटक होली खेल्नेको संख्या निक्कै कम रहेकाले उच्छृङखल गतिविधिमा कमी आएको छ ।
विश्वभर फैलिँदै गएको कोरोनाभाइरसको त्रासका कारण गत वर्षहरुमा हजारौँको भीडभाड हुने स्थानहरुमा समेत निक्कै कम होलीमा रमाउनेहरु देखिएका छन् ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...