ताजा समाचार

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरीको नियन्त्रणमा

काठमाडाैँ ।  उपत्यकाका विभिन्‍न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ।

त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले आफ्नो मातहत रहेका स्थानबाट कोही पनि पक्राउ नपरेको बताए। त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ ।  गत वर्षको तुलनामा यस पटक होली खेल्नेको संख्या निक्कै कम रहेकाले उच्छृङखल गतिविधिमा कमी आएको छ ।

विश्‍वभर फैलिँदै गएको कोरोनाभाइरसको त्रासका कारण गत वर्षहरुमा हजारौँको भीडभाड हुने स्थानहरुमा समेत निक्कै कम होलीमा रमाउनेहरु देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org