काठमाडौंमा युवती आफैंले यौन सम्पर्क गर्न लगाइन्, अनि अश्लील भिडियो बनाएर युवकसँग गरिन् बार्गेनिङ
काठमाडाैं । गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ।
बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ।
घटना नारी दिवसकै दिन फागुन २५ गते रातिको हो।
रामेछाप दिमी पोखरी घर भई हाल काठमाडौं महानगरपालिका १२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार सेक्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ, आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन्।
वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले रक्सी खाएका थिए। नशा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन प्रस्तावको प्रस्ताव गरेका थिए। यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेस्ट हाउसमा खाएको बिल तिर्न गाह्रो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन्।
योजनाअनुसार ती युवती आफैंले ३ लाख दिए भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन्। तर २ लाख ५० हजारमा कुरा मिलेको थियो।
युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजार मात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ। वृत्तका डीएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको जानकारी दिए।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...