कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
‘गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देखिएको छ, मलाई कालो जाती वा हब्सी भनेर बोलाइएको छ।‘ बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘ज्यान मार्नेसम्मका धम्की आएपनि मैले त्यस्ता धम्कीको मतलब गरेको छैन।’
व्यक्तिगत रुपमा जातीय समस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्रतिकार गरिने टेड्रोसले बताएका छन्। उनले भनेका छन्, ’कालो हुनुमा मलाई गर्व छ, म कालो छु, त्यसैले म हब्सी पनि हुँ।’ विश्वका नागरिकको स्वास्थ्यका लागि डब्ल्युएओ र आफू संवेदनशील रहेको उनले बताए। कोरोना भाइरसको नाममा राजनीति नगर्न पनि उनले आग्रह गरे।
चीन र अमेरिकासँग मिलेर काम गर्नलाई ट्रम्पलाई गरिएको आग्रहबारे पनि उनले जानकारी दिएका छन्। हालै विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने धम्की समेत आएको उल्लेख गर्दै टेड्रोसले भने, ‘तपाईंमा सहन सक्ने क्षमता छैन भने राजनीति गर्न सक्नुहुन्न, तर हामीले सहेरै यो अप्ठ्यारोलाई फुकाउनुपर्छ।’
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...