विश्वभर काेरोनाले ज्यान गुमाउनेकाे सख्या २ लाख नजिक, अमेरिकामा ५२ हजार नाघ्यो
एजेन्सि । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ।
वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ। अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाकाे मृत्यु भएकाे छ। त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन्। अमेरिकमा विगत २४ घण्टामा एक हजार आठ सय ६३ जनाले ज्यान गुमाइसकेका छन।
अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या रहेको छ। त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार ९ सय ६९ छ। त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन्। २ लाख १९ हजार ७ सय ६४ जनामा संक्रमण देखिएको छ। फ्रान्समा २२ हजार २ सय ४५ ले ज्यान गुमाएका छन्। त्यहाँ एक लाख ५९ हजार ८ सय २८ संक्रमित छन्। त्यस्तै जर्मनीमा एक लाख ५४ हजार ९९९ संक्रमित छन्। मृतकको संख्या ५ हजार ७ सय ६० छ।
बेलायमा ज्यान गुमाउनेको संख्या झण्डै २० हजार रहेको छ। त्यहाँ १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ। बेलायतमा १ लाख ४३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ। चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।
त्यहाँ विगत दुई दिन अघि कुनै पनि मृतक फेला परेका छैनन्। चीनमा संक्रमितको संख्या ८२ हजार आठ सय चार जना छन्। चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ। विश्वभर संक्रमितको संख्या २८ लाख २७ हजार ३ सय ९१ पुगेका छन्। त्यस्तै ७ लाख ९८ हजार ३ सय ३१ जना निको भएर घर फर्किएका छन्।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...