रूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु
नेपालमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो
काठमाडाैँ । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।
भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले घाेषणाा गरेकाे हाे।
‘आज बिहान ७ बजेर १० मिनेटमा उनकाे मृत्यु भएको हो,’ अस्पतालकाे भनाइ उधृत गर्दै प्रदेश ५ को अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिहीबार बिहान भने।
शव व्यवस्थापनका लागि अहिले बैठक बस्ने तयारी भइरहेको डा. चौधरीले जानकारी दिए।
कतिपय सञ्चारमाध्यमले हिजै बुधबार उनकाे मृत्यु भएकाे समाचार सार्वजनिक गरेका थिए। तर त्याे खबर सत्य नभएकाे भन्दै क्रिमसन अस्पतालले खण्डन गरेकाे थियाे।
यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका युवककाे काेरानाबाट मृत्यु भइसकेकाे छ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...