यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।
०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको हत्यामा संग्लन आरोपमा सोही मिलमा कार्यरत जेके भनिने जय किशोर साहलाई सार्वजनिक गरेको हो ।
सर्लाही गयरटोलका ३४ वर्षीय साह र सोही मिलका कार्यरत अर्का मजदुर प्रताप राना मिलेर दम्पतीको हत्या गरेको प्रहरी दाबी छ ।
हत्यापछि उनीहरु दुवै फरार रहेको र फरारमध्ये साहलाई नेपालगञ्जको सीमाक्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।
फिल्मी शैलीको हत्या
थापाका अनुसार मिलमा काम गर्न सुरु गरेको ६ महिनामै साह र रानाले सुवेदी दम्पतीको हत्या गरेका हुन् । काममा चित्त नबुझेपछि ‘राम्रोसँग काम गर्नू’ भनेकै आधारमा साह र रानाले सुवेदीको पूरै परिवारको हत्या योजना बनाएको प्रहरी दाबी छ । सुवेदी दम्पतीको हत्या फिल्मको कथाजस्तै छ । घटनाको समयमा सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षका थिए भने कान्छा छोरा १२ वर्षका थिए ।
जेठा छोरा विलभ सुवेदीमाथि पनि उनीहरुले खुकुरी प्रहार गरेका थिए ।
विलभले भने,“पूरै परिवार मार्ने योजना रहेछ । सुरुमा बुबालाई मारेपछि ममीलाई मारे । त्यसपछि मलाई प्रहार गरे । मेरो शरीरभरी चोट छ । म मरेँ भन्ने ठानेपछि छाडे । भाइलाई पनि मार्न खोजे । तर उसले ढोका थुनेर बसेकाले ज्यान बाँच्यो । त्यो सबै घटनामा मैले हेरिरहेँ ।”
उनले लामो समयपछि प्रहरीले अभियुक्त पक्राउ गरेकोमा न्याय पाएको अनुभुति भएको बताए ।
नेपालमा हत्या भारतमा ‘डान्स टिचर’
अनुसन्धानका क्रममा पक्राउ परेका साह भारतको लखनउमा बस्दै आएका थिए । यहाँसम्मकी उनले आफ्नो पहिचान र परिचय नै बदले । सीआईबी प्रमुख थापाका अनुसार उनी भारतमा ‘डान्स टिचर’ भएर बसेको खुलेको छ । उनले रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका थिए । साहसँग भारतीय रासनकार्ड समेत छ ।
उनी काम विशेषले नेपाल छिर्दै गरेको सूचनाका आधारमा पक्राउ परेको थापाले बताए ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...