गोंगबु घटना : प्रहरीसमक्ष कल्पनाको बयान- ‘स्लिपिङ ट्याब्लेट’ खुवाएर हत्या गरेँ
काठमाडौं। गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले अभियोग स्वीकार गरेकी छन्।
प्रहरीसँगको बयानमा उनले आफूले कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी हुन्। बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।
उनको शवको पहिचान हिजो मात्र भएको थियो। र, हिजै कल्पना र उनकी छोरी चितवनबाट पक्राउ गरेका थिए। पक्राउ गरेकी कल्पनाले आफूले ‘स्लिपिङ ट्याब्लेट’ खुवाएर बोहराको हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले जनाएको छ। हत्यापछि शव व्यवस्थापनमा छोरीले सहयोग गरेको पनि खुलेको छ। प्रहरीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गर्दैछ।
कल्पनाले बोहराकाे हत्या आफ्नै कोठामा गरेको पनि बताएकी छन्। हत्यापछि आफन्तको एम्बुलेन्स मगाएर कल्पना र उनकी छोरी चितवन पुगेको प्रहरीले जनाएको छ। उनीहरू चितनको टाँडीबाट हिजो पक्राउ गरेका थिए। उनीहरूलाई हिजैराति चितवनबाट काठमाडौं ल्याइसकिएको छ।
कल्पनाले हत्यामा अरुको सहयोग नलिएको बताएपनि प्रहरीले अरुको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको जनाएको छ।
Comments
अरु समाचार
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...