ताजा समाचार

गोंगबु घटनाः नक्कली फेसवुक आइडीबाट नग्न तस्वीर सार्वजनिक गरेपछि हत्या

काठमाडाैँ । गोंगबु गणेशस्थानमा बस्दै दाङका कृष्णबहादुर बोहराले नक्कली फेसवुक आइडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि आबेशमा आएर हत्या गरेको अभियक्त कल्पना मुठभरी पौडेलले बताएकी छन् ।

प्रहरीसँगको बयानमा पौडेलले मृतक बोहोराले नक्कली फेसवुक आइडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि शनिवार कोठमा बोलाएर दही चिउरा खुवाएको बयान दिएकी छन् ।

दही चिउरासँगै भोट्कामा नशालु पदार्थ मिसाएर खुवाएको र नशामा लठ्ठ भएपछि अण्डकोषमा प्रहारी गरी बेहोस बनाएको, बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको उनको बयान छ ।

हत्या गरिसकेपछि किचनमा भएको धारिलो हतियारले टाउको छिनालेको र त्यसपछि खुट्का काटेको वयान उनले प्रहरीमा दिएकी छन् ।

शव टुक्राटुक्रा पारेपछि आफैसँग भएको झोला र सुटकेशमा शव हालेर सडकमा लगेर फालिदिउको उनको वयानमा उल्लेख छ ।

शव व्यवस्थापनमा भने उनकी १७ वर्षीया छोरीले सहयोग गरेको उनले बयानमा भनेकी छन् ।  हत्या आफु एक्लैले गरेको र शव व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ ।

प्रहरीका अनुसार हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट रहेको र अण्डकोष फुटाएपछि घाँटी थिचेर हत्या गरेपछि मात्र शव टुक्राटुक्रा परेको वयान दिएको प्रहरीको भनाई छ ।

हत्यामा संग्लन रहेको आरोपमा सोमबार राति चितवनबाट १ महिला पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको हो ।

पक्राउ परेकी कल्पना शाहीलाई घटनास्थलमा लिएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org