पार्टी अध्यक्ष दुई जना हुन्छ, प्रधानमन्त्री दुई जना हुँदैन : ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन्।
‘अहिलेको व्यवस्था बुझ्न सक्नुपर्छ, पार्टीमा अध्यक्षमण्डल हुन्छ, दुई जना अध्यक्ष हुन्छ’, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले शनिबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भने, ‘तर सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन।’
पार्टीले नीतिगत रुपमा सरकार सञ्चालन गर्ने भएपनि सरकार जननिर्वाचित अथोरिटी भएको ओलीले बताए।
‘यदि पार्टीले नै सबै कुरा गर्ने भए मन्त्रीपरिषद किन चाहियो’, ओलीले प्रश्न गरे।
ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।
‘मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं’, ओलीले भने, ‘पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।’
प्रधानमन्त्री ओलीले सहमतिमै पार्टीको महाधिवेशन हुने बताए। केही अवस्थामा बाहेक अध्यक्ष प्रचण्डबाट सरकारलाई सहयोग नै भइरहेको ओलीले बताए। वरिष्ठ नेता माधव नेपालसँग आफ्नो तर्फबाट कुनै समस्या नरहेको उनको भनाइ छ।
‘पार्टी एकता एकछिनका लागि गरेको होइन, अलि पर्तिर जाउँ अनि आफ्नो आफ्नो बाटो लागौं भनेर गरेको होइन’, ओलीले भने, ‘पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्न र परिवर्तनका लागि हो।’
प्रधानमन्त्री ओलीले पाँच वर्ष यही सरकार स्थिर रुपमा चल्ने र अर्को चुनावपछि मात्रै सरकार परिवर्तन हुने बताए।
‘अर्को चुनावपछि प्रधानमन्त्री दोहोरिने कि नदोहोरिने, पार्टीले कसलाई पठाउने निर्णय गर्छ, संसदीय दलले के निर्णय गर्छ त्यसमा भर पर्छ’, ओलीले भने।
प्रधानमन्त्री अर्को चुनावपछि परिवर्तन भएजस्तै मुख्यमन्त्री पनि चुनावपछि मात्रै परिवर्तन हुने ओलीले बताए।
अहिले चर्चा भएजस्तो मुख्यमन्त्री परिवर्तन नहुने स्पष्ट गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जस्तै मुख्यमन्त्री पनि अर्को चुनावपछि नै परिवर्तन हुन्छ, अहिले हुँदैन।’
प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रीपरिषदका सबै मन्त्रीले राम्रो काम गरिरहेको दाबी गरे।
‘सबै मन्त्रीले राम्रो काम गरेका छन्, कुनै मन्त्रीसँग मेरो असहमती छैन’, ओलीले भने, ‘तर मन्त्री हेरफेर गरेर सरकारको स्थयित्वमा असर पर्दैन।’
प्रधानमन्त्री ओलीले स्पष्ट नबताए पनि अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने संकेत गरे। अर्थमन्त्रीका रुपमा खतिवडाले राम्रो काम गरिरहेको उनले बताए।
‘अहिले नै नभनौं, दुई चार दिन पर्खौंन, यदि युवराज खतिवडाभन्दा राम्रो अर्कोले गर्न सक्छ भन्ने भयो भने अर्कोलाई पनि जिम्मा दिन सकिन्छ’, ओलीले भने, ‘कहिलेकाहीँ अरु पक्ष पनि हेरेर जिम्मेवारी दिनुपर्ने हुन्छ। समग्रतामा हेरेर निष्कर्ष निकालेर मन्त्रीपरिषदबारे निर्णय हुन्छ।’ नेकपाको सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय अब समाप्त भएको प्रधानमन्त्री ओलीले बताए।
‘वामदेवलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि, उहाँले नै राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो’, ओलीले भने।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...