नेकपा स्थायी कमिटी बैठक जारी, माधव नेपालसहित ९ जनाले राखे धारणा
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ ।
जारी बैठकमा हालसम्म वरिष्ठ नेता माधव कुमार नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् । अहिलेसम्म माधव नेपालसहित देव गुरुङ, लिलामणी पोखरेल, घनश्याम भुसाल, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भिम आचार्य र रघुजी पन्तलगायतले आफ्नो धारणा राखेका छन् ।
वरिष्ठ नेता नेपालले भदौ १८ गतेको सचिवालय बैठकमा कार्यदललको प्रतिवेदनको १५ बुँदे ‘कैफियत’ राखेकामा आपत्ति जनाएका छन् । अध्यक्षले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको उनको आरोप थियो । नेता नेपालले एक व्यक्ति एक मुख्य जिम्मेवारी प्रभावकारी रूपमा लागु गर्ने विषयमा जोड दिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
नेकपा स्थायी कमिटी असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको थियो । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
सिंहदरबारबाट मन्त्रीले निर्देशन दिने होइन कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन्।...
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार...
-
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ काठमाडौंमा बैठक सुरु
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँमा हुने बैठकमा...
-
सरकार र अनसनरत रुवी खानबीच के के भयो सहमति ?
काठमाण्डौ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम्...
-
रास्वपाले माग्यो राजदूतका लागि आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतका लागि आवेदन आह्वान गरेको छ । पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सामाजिक...
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष...
-
डीआईजी पोखरेल एआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ...
-
प्रतिनिधिसभाको बैठकमा आज सुरक्षित कारोबार विधेयक टेबुल गरिने
काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको...