ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक जारी, माधव नेपालसहित ९ जनाले राखे धारणा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ ।

जारी बैठकमा हालसम्म वरिष्ठ नेता माधव कुमार नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् । अहिलेसम्म माधव नेपालसहित देव गुरुङ, लिलामणी पोखरेल, घनश्याम भुसाल, मातृका यादव, अष्टलक्ष्मी शाक्य, भिम आचार्य र  रघुजी पन्तलगायतले आफ्नो धारणा राखेका छन् ।

वरिष्ठ नेता नेपालले भदौ १८ गतेको सचिवालय बैठकमा कार्यदललको प्रतिवेदनको १५ बुँदे ‘कैफियत’ राखेकामा आपत्ति जनाएका छन् । अध्यक्षले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको उनको आरोप थियो । नेता नेपालले एक व्यक्ति एक मुख्य जिम्मेवारी प्रभावकारी रूपमा लागु गर्ने विषयमा जोड दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि नै आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । उनले बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

नेकपा स्थायी कमिटी असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको थियो ।  पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org