ताजा समाचार

पशुपन्छी कल्याण अभियानमा अण्डा बिक्रेताको चासो

काठमाडाैँ ।  चितवनमा रहेका अण्डा बिक्रेताहरुले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणसँग सम्बन्धित अभियानमा हातेमालो गर्न चासो देखाएका छन् ।

अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान अन्तरगतको भेटघाट तथा छलफलका क्रममा उनीहरुले आफ्नो धारणा राखेका हुन् । पशुकल्याणको क्षेत्रमा क्रियाशिल संस्था एनिमल नेपालले गत वर्षदेखि नेपालमा पहिलोपटक उक्त अभियान सञ्चालन गरिरहेको छ ।

कोशेली पोल्ट्री सप्लायर्सका सञ्चालक मोहन कुमार श्रेष्ठले पिंजडायुक्त र पिंजडामुक्त दुबैखाले खोरमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा बजारमा उपलब्ध हुने बताए । उपभोक्ताहरुको माग अनुसार अण्डा उपलब्ध गराइए पनि पशुपन्छी कल्याणका बारेमा सबै उपभोक्तालाई ज्ञान नभएका कारण सो सम्बन्धी व्यापक जनचेतना जगाउनुपर्ने श्रेष्ठले औंल्याए ।

नेपालमा फ्री रेन्ज मोडलमा कुखुरापालनको व्यवसायिकता आईनसकेता पनि विदेशमा आफूले हेरेको अनुभव सुनाउदै श्रेष्ठले कुनै दिन नेपालमा पनि देख्न पाईने उल्लेख गरे ।साना तथा मझौला व्यवसायीले सोत्तर प्रणाली अण्डा उत्पादन गरी पशुकल्याण मैत्री वातावरणको प्रक्षेपण गरेकाले पनि त्यसमा आधारित कार्यक्रम अभियानमा समेटिनु पने सुझाव दिए ।

युगल सप्लायर्सका सञ्चालक युबराज पाठकको धारणा भने अलिक फरक खालको छ । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याण सुनिश्चित गर्न जबसम्म कुखुरापालन व्यवसायीहरुको प्रतिवद्धता आउदैन, तबसम्म यो विषय ओझेलमा परिरहने भन्दै उनले भने,“आधुनिकीकरणको नाममा परम्परागत पेशा व्यवसाय निर्दयी हुनुहुदैन ।” केज प्रणालीको तुलनामा सोत्तर प्रणाली कुखुराहरुका लागि शारीरिक तन्दुरुस्तीका हिसाबले कल्याणकारी मानिन्छ । अठार महिनासम्म पिंजडाजस्तो खोरमा अटसमटस गरी जीवन धानेर उत्पादित अण्डा भन्दा पर्याप्त ठाँउमा हिडडुल चलखेल गरी स्वतन्त्रतापूर्वक उत्पादन भएको अण्डा स्वास्थ्यका हिसाबले राम्रो हुनेमा विमति छैन । अर्का थोक बिक्रेता बिनोद पोखरेलका अनुसार चितवन क्षेत्रबाट उत्पादित अण्डा नेपालभर मागको आधारमा सप्लाई गरिदै आएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै छ । उपभोक्ताको चाहना अनुसार अण्डाको सहज आपूर्तिका लागि प्रायजसो गुणस्तरिय सेवा दिन र सोही अनुसारको कामले व्यवसाय प्रवद्र्धन गर्न वा टिक्न सञ्जालमार्फत जुटेर अगाडि बढिरहेको एनिमल नेपालले सञ्चालन गरेको अभियानमा सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए बजारमा उपभोक्ताहरुका लागि थोक तथा खुद्रा किसिमले अण्डाको कारोबार हुने र खोर तथा सोत्तर प्रणालीमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा उपभोक्तको रोजाई अनुसार उपलब्ध हुने पोखरेलको भना। अभियानका संयोजक निर्मल शर्मा नेतृत्वको टोलिले सोत्तर प्रणालीमा आधारित केही पोल्ट्री फार्मको स्थलगत अवलोकन समेत गरेको थियो । दैनिक आठ हजार बढी पेटी अण्डाको सप्लाई भईरहेको चितवन जिल्ला लेयर्स कुखुरा तथा अण्डाको हबको रुपमा मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org