३०९३ कोरोना संक्रमित थपिए, २१०८ जना डिस्चार्ज
काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ९३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ जनाको ७७९ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर चार हजार २२० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...