हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।
लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताउनुभयो ।
तालिम समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष रावतको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अवसरमा हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपानेलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रशिक्षार्थीलाई सिकेको सीपको उपयोग गर्न सुझाव दिनुभएको थियो ।
Comments
अरु समाचार
-
ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइनबाटै ‘सचेतना कक्षा’
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल...
-
आदिलसहित ३२ जनालाई क्यानले टी–२० विश्वकप छनाेटकाे तयारी क्याम्पमा बाेलायाे
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ जना खेलाडीलाई...
-
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड(पूर्णपाठ सहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट...
-
प्रमुख कार्यकारी अधिकृत गुरागाईंसंग झुके ‘बालेन”
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन" अन्ततः प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंसंग झुकेका छन् । लामो समय अड्डी...
-
प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन्...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो राप्रपाको असन्तुष्ट समूह
काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्। पार्टीका पूर्वअध्यक्ष एवं...
-
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...