ताजा समाचार

नमुना विद्यालयमा छनाैट मुक्ति माविलाई विद्यार्थी नेता श्रेष्टद्वारा शुभकामना व्यक्त

काठमाडाैँ । लुम्विनी प्रदेशको नमुना विद्यालयमा छनाैट भएको प्युठानको मुक्ति माध्यामिक विद्यालयलाई अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठले शुभ-कामना व्यक्त गरेका छन ।

प्युठान जिल्लाकै सबैभन्दा पुरानो एवं जिल्लाकै शैक्षिक हबको रुपमा स्थापित बिधालय प्युठान नगरपालिका ३ रातामाटा स्थित मुक्ति मा.बि रातामाटा लुम्विनी प्रदेशको नमुना विद्यालयमा  छनौट छ ।

विद्यार्थी नेता श्रेष्ठ आफुले  अध्ययन गरेको , आफ्नै स्थानिय तहको बिधालय एवं  आफुलाई बिद्यार्थी राजनितिका साथै  सामाजिक राजनैतिक रुपमा यस स्थान सम्म ल्याउनका निम्ति महत्त्वपूर्ण योगदान रहेको बिधालय नमुना विद्यालय सुचिमा छनाैट हुदा निकै हर्षित भएको बताए ।

साथै नमुना बिधालय बनाउनका निम्ति पहलकदमी गर्नुहुने एवं सहयोग गर्नुहुने सम्पुर्ण ब्याक्तित्वहरु प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका छन ।

उनले भनेः यो योजनाले गुणस्तरिय शिक्षा प्रदानका हुने कोशेढुंगा सावित हुनेछ, सम्पुर्ण विद्यालय परिवार प्रती हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org