ताजा समाचार

मनमा ‘पाप’ राखेर प्रचण्डले आलोपालो सरकारको कुरा छाडेका रहेछन्– मन्त्री रायमाझी

काठमाडाैँ । नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् ।

केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्‍यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको रायमाझीको आरोप थियो ।

प्युठानको बिजुवारमा आइतवार ओलीपक्षीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले सरकारले विकास निर्माण र आर्थिक विकासको अभियान तीव्र बनाएपछि प्रचण्डहरूलाई छटपटी शुरू भएको आरोप लगाए ।

‘आलोपालो सहमति गरेकोमा प्रचण्डले राजनीतिक स्थिरताका लागि ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री छाडें भन्दा मनमा पाप रहेछ । किन पाप रहेछ भने ओलीजीको किड्नीको दोस्रोपटक ट्रान्सप्लान्ट गर्नुपर्ने थियो ।

सुगर भएको व्यक्तिको अप्रेसन, डाक्टरले पनि के हो भनेका थिए । केपीजी तलमाथि परे भने स्वाट्टै मलाई प्रधानमन्त्री आउँछ भन्ने प्रचण्डको सोच रहेछ,’ रायमाझीले भने, ‘अप्रेसनको १०–८ दिनपछि ओलीजी हिँडेर आएपछि साथीहरूको सातो गयो । दिमाग खराब भयो । झन् पछि जुँगा कालो हुन थाल्यो भनेपछि साथीहरूको होश हवाश उड्यो ।’

पार्टी एकताको म्यान्डेडविपरीत प्रचण्ड र माधव नेपालले समीकरण बनाएको दिनदेखि नै पार्टी एकतामा समस्या आएको रायमाझीले दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org