मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् ।
उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए ।
नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै भने ।
उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए ।
प्रचण्ड–माधवलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीको भनाइ छ ।
Comments
अरु समाचार
-
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...
-
आज प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल प्रारम्भ हुने
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघिय प्रतिनिधिसभा भवन नयाँ वानेश्वरमा दिउँसो ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक...
-
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएका छन् । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको...
-
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् ।...
-
केन्द्रीय समिति र संसदीय दलमा खनालको बहुमत
काठमाडौँ । प्रतिनिधिसभामा १० सिट रहेको तर राष्ट्रिय पार्टी हुन नसकेको नेकपा एस आन्तरिक कलहमा भने राष्ट्रव्यापी हुने लक्षण देखिएको...
-
‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा
काठमाडौं । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव...
-
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी...
-
प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्रीको सरकारी...
-
नेपाल प्रहरीका २० जना एसएसपीको सरूवा
काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ । बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट उनीहरुको सरूवा...