सार्वभौम अधिकार जनतामा छैन, गणतन्त्र र संघीयता खारेज गर्न मिल्छः वरिष्ठ अधिवक्ता भट्टराई
काठमाडाैँ । बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सार्वभौम अधिकार जनातामा नरहेको दावीसहितको बहस गरेका छन् ।
सर्वोच्च अदालतमा सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमामाथि प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले सार्वभौम अधिकार स्वतः प्रधानमन्त्रीमा रहने दावी गरे ।
उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने जिकिर गर्दै संसदीय प्रजातन्त्र र बहुदलीय व्यवस्थामा चुनावमा जाने निर्णय प्रधानमन्त्रीले लिन्छन् भने त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
‘घरमा हात्ती पालेको छ भने बोकालाई जति घाँस हालेर अघाउँदैन’, उनले भने, भने, ‘संसदीय प्रजातन्त्र र बहुदलीय व्यवस्थामा निर्वाचन गर्दैमा बहुदलीय व्यवस्था धरापमा पर्छ र ?, हात्ती पालेर निर्वाचनमा जान किन डराउने?’
संसदीय प्रजातन्त्र र बहुदलीय व्यवस्थामा निर्वाचनको ‘चारो’ हाल्न डराउन नहुने उनको भनाइ थियो । संसदीय प्रजातन्त्र र बहुदलीय व्यवस्थाको ‘हात्ती पालेर बोकालाई जसरी थोरै घाँस हाल्ने कुरा गर्न नमिल्ने’ उनको तर्क थियो ।
उनले गणतन्त्र र संघीयता जस्ता विषय खारेज गर्न मिल्ने व्यवस्था संविधानमा रहेको पनि जिकिर गरे । ‘गणतन्त्र, संघीयता खारेज गर्न नमिल्ने भन्ने प्रोभिजन संविधानमा छैन’, उनले भने ।
उनले केपी शर्मा ओली संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बनेको भन्दै संविधानमा विघटनको व्यवस्था रहेको जिकिर गरे । संविधानमा विघटन गर्ने अधिकारबारे नखुलाइएपनि त्यो अधिकार प्रधानमन्त्रीमै रहने जिकिर गरे ।
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख घिमिरेले...
-
कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
संसद्को गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास, कांग्रेससँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । संसदको गतिरोध अन्त्य गर्ने...
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी...