ताजा समाचार

संसद्को गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास, कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।
संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न उनले आज बिहान ९ बजे कांग्रेसलाई बालुवाटार बोलाएका हुन् ।
जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ । तर, कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति जुटाउन प्रधानमन्त्रीले सभापति शेरबहादुर देउवालाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।
शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर कांग्रेसले नाराबाजी गरेको थियो । कांग्रेसको अवरोधका कारण आगामी आर्थिक नीति तथा कार्यक्रम अन्यौलमा परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org