चैत २१ देखि दाङकाे लमहीमा बलियो नेपाल कप हुने
काठमाडौं । बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहने छ ।
आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
विश्वका धनाढ्यमध्येका एक विल गेट्सको विल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले चौधरी फाउन्डेशनलाई अनुदान सहायता प्रदान गरेको रकमबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाललाई सन् २०३९ सम्म विश्वकप जिताउने नाराका साथ प्रतियोगिता घोषणा गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बलियो नेपाल पोषण कार्यक्रमका सदस्य छन् ।
पारसले एउटा उद्देश्य बनाएमा लक्ष्य पुग्न सजिलो हुने जनाउँदै पौष्टिक आहार र क्रिकेटको सहकार्यले राम्रो भविष्य संकेत गरेको जनाए । बैंकर शाहले गन्तव्यमा पुग्न उद्देश्य बनाउनु पर्ने जनाए । बलियो नेपाल पोषण कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्यायले नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बलियो नेपालले क्रिकेटबाट लक्ष्यमा पुगिने आशा लिए ।
बिहीबारदेखि आइतबारसम्म लुम्बिनी प्रदेशको आठै जिल्लामा ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिने क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । चैत २१ देखि २८ सम्म दाङको लमहीमा प्रतियोगिता हुनेछ । आयोजकले सबै टिमको सम्पूर्ण खर्च बेहोर्ने लामाले बताए । त्यसका लागि केही स्थानमा यसअघि नै क्रिकेट किट्स प्रदान गरिसकिएको उनले जनाए ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...