पत्रकार महासंघको निर्वाचन : यस्तो छ अहिलेसम्मको मतपरिणाम
नेपाल पत्रकार महासंघको निर्वाचनको मत गणना जारी छ। अहिलेसम्मको परिणामले विपुल पोखरेलको प्यानल अगाडि देखिएको छ।
यसपालि पहिलोपटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्। यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
जसमध्ये पोखरेल प्यानलले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोटलगायत जिल्लामा अग्रता लिइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा पनि यही प्यानल अगाडि देखिएको छ।
उता एमालेकै ओलीनिकट प्रेस चौतारीबाट चुनावी मैदानमा रहेको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अगाडि भइरहेको छ। यो प्यानलले भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायत जिल्लामा अग्रता लिइरहेको हो।
स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीले भने अहिलेसम्म कम मात्र मत प्राप्त गरेका छन्।
प्रदेश १
धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन्।
महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन्।
धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन्।
उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन्।
सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पोखरेल प्यानल अगाडि छ। उसले जिल्ला, प्रदेश र केन्द्र तीनै तहमा अग्रता लिएको छ।
गुल्मीमा केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३९ र निर्मला शर्माले १९ मत पाएका छन्। यस्तै पाल्पामा पोखरेलले ४१ र शर्माले ४७ मत प्राप्त गरेका छन्।
रोल्पामा पोखरेलले ४६ र शर्माले २८ मत ल्याएका छन्। प्रदेश अध्यक्षका उम्मेदवार बसन्त गिरीले ४७ र भरत केसीले २६ मत पाएका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन्।
बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ।
यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। बुधबार सम्पन्न मतदानमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गरेका हुन्।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाएका हुन्। यसअघि केन्द्रका पदाधिकारीलाई जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउँथे।
Comments
अरु समाचार
-
दुबईमा विश्वकै सबैभन्दा ठूलो विमानस्थल टर्मिनल निर्माण कार्य शुरु
अबुधाबी । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १०...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
काठमाडौ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को...