‘नयाँ क्रान्तिको अभियान लिएर अगाडि जाने जमर्को गर्दैछौं’: प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताएका छन्।
नयाँ अभियानसाथ अगाडि जाने जमर्को गरिरहेको उनले बताए।
‘म केन्द्रीय समिति बैठकको तयारीमा छु। एउटा नयाँ दस्तावेज लेख्नका लागि आन्दोलन र नीति, योजना र कार्यक्रम बनाउनका लागि तपाईंहरूले थुप्रै खजना र ऊर्जा मलाई दिनुभएको छ। यो ऊर्जा लिएर म काठमाडौं जाँदैछु। दस्तावेज तयार पार्दैछु,’ सुर्खेतमा बिहीबार भएको महिला भेलामा प्रचण्डले भने।
फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने तथा नयाँ अभियान लिएर जाने जमर्को गरिरहेको उनले बताए।
‘फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने नयाँ अभियान लिएर अगाडि जाने जमर्को हामी गर्दैछौं,’ उनले भने, ‘तपाईंहरूको प्रतिज्ञा नै तागत हो। हिजो हामीलाई मारेरै सक्न खोजियो। नेताका टाउकाका मूल्य तोकियो। हाम्रो आन्दोलन सिध्याउन खोजे र सकिएन।’
उनले प्रतिक्रियावादीहरूले हेप्न थालेको र उपलब्धि खोस्न खोजेको पनि बताए।
‘बाँकी जीवन जनताका लागि अन्तिम साससम्म लड्ने भनेर मैले घोषणा गरेको छु,’ उनले भने।
प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्ने उनले बताए।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...