ताजा समाचार

‘नयाँ क्रान्तिको अभियान लिएर अगाडि जाने जमर्को गर्दैछौं’: प्रचण्ड

काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताएका छन्।

नयाँ अभियानसाथ अगाडि जाने जमर्को गरिरहेको उनले बताए।

‘म केन्द्रीय समिति बैठकको तयारीमा छु। एउटा नयाँ दस्तावेज लेख्नका लागि आन्दोलन र नीति, योजना र कार्यक्रम बनाउनका लागि  तपाईंहरूले थुप्रै खजना र ऊर्जा मलाई दिनुभएको छ। यो ऊर्जा लिएर म काठमाडौं जाँदैछु। दस्तावेज तयार पार्दैछु,’ सुर्खेतमा बिहीबार भएको महिला भेलामा प्रचण्डले भने।

फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने तथा नयाँ अभियान लिएर जाने जमर्को गरिरहेको उनले बताए।

‘फेरि नयाँ क्रान्ति र नयाँ आन्दोलन अगाडि बढाउने नयाँ अभियान लिएर अगाडि जाने जमर्को हामी गर्दैछौं,’ उनले भने, ‘तपाईंहरूको प्रतिज्ञा नै तागत हो। हिजो हामीलाई मारेरै सक्न खोजियो। नेताका टाउकाका मूल्य तोकियो। हाम्रो आन्दोलन सिध्याउन खोजे र सकिएन।’

उनले प्रतिक्रियावादीहरूले हेप्न थालेको र उपलब्धि खोस्न खोजेको पनि बताए।

‘बाँकी जीवन जनताका लागि अन्तिम साससम्म लड्ने भनेर मैले घोषणा गरेको छु,’ उनले भने।

प्रतिक्रान्तितिर जाने हो भने त्यसविरूद्ध क्रान्तिको झण्डा उठ्ने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org