नागार्जुनको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हाल्ने तयारी
काठमाडाैँ । काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भएको छ।
काठमाडाैँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि सेनाका हेलिकप्टरले अहिले रेकी गरिरहेको बताउँदै आगो नियन्त्रणउन्मुख रहेकाे बताए।
आइतबार बिहान ११ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएकोले हेलिकप्टरबाट पानी खसाल्ने तयारी भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले सेनाको हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेको नेपालखबरलाई जानकारी दिए।
प्रजिअ पराजुलीका अनुसार अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगो नियन्त्रणका लागि अहिले चारवटा दमकल परिचालन भएको उनले बताए।
‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले भने, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...