प्रदेश २ मा माओवादीका ४ सांसद बर्खास्त
काठमाडाैँ। नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो ।
माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए । यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन् ।
यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए । ‘शुक्रबारै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, उनीहरुले जवाफ दिएनन्,’ उनले भने,‘अनि कारबाही गरिएको पत्र सभामुखलाई बुझाएका हौं ।’
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए । उनले सभामुखसमक्ष बुझाइएको पत्रबारे कानुनी परामर्श भइरहेको पनि जानकारी दिए । ‘सभामुखज्यूले कानुनी राय–परामर्शमा जुट्नु भएको छ,’ सचिव यादवले भने,‘एक–दुई दिनमै छिनोफानो हुनेछ ।’
प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् । माओवादी केन्द्रबाट जितेका मण्डल भने नेकपा एकीकरणअघि प्रदेशसभामा दलका नेता थिए । एकीकरणपछि नेकपाका संसदीय दलका नेता ओली पक्षका सत्यनारायण मण्डल बने । नेकपा छिनभिन्न भएपछि प्रदेश २ मा ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाल–खनाल समूहका संसदीय दलका नेता शत्रुधन महतो र माओवादी केन्द्रका संसदिय दलका नेता भरत साह बनेका छन् ।
यसैबीच ६ महिनापछि प्रदेश २ सभाको बैठक सोमबार १ बजे बस्दैछ । प्रदेश २ मा सत्ताको बागडोर सम्हालेका जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलका नेता नचुनेका कारण प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध थियो । जसपा एकीकरण हुनुअघि छुट्टाछुट्टै दल रहेका संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)को अहिले पनि प्रदेश २ मा छुट्टाछुट्टै संसदीय दलका नेता र सचेतक रहेका छन् ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...