ताजा समाचार

प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै

जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ जाने कार्यक्रम तय भएको छ ।

प्राप्त जानकारीअनुसार उहाँले मध्यान्ह साढे १२ बजे धनुषास्थित हुलाकी सडकको निरीक्षण गरेपछि १ बजे कमला नगरपालिकामा निर्मित झोलुङ्गे पुलको उद्घाटन गर्नुहुने छ ।

त्यसपछि धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमाथिको पक्की पुल शिलान्यास गरेर २ बजे खेलकुद मैदान उद्घाटन गर्ने कार्यक्रम छ । मैदान सर्लाहीको बागमती नगरपालिकामा बनाइएको छ । धनुषाको कार्यक्रम समापनपछि उहाँ सोही हेलिकोप्टरमा दिउँसो साढे ३ बजे राजधानी फर्कनुहुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org